हेलिकप्टर दुर्घटनामा परेका सबैको शव काठमाडौं ल्याइयो (तस्बिरहरू)



9,000 SHARES

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका पाँचैजनाको शव काठमाडौं ल्याइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको उद्धार टोलीले पाइलट अरुण मल्ल र चारजना चिनियाँ पर्यटकको शव घटनास्थलबाट निकालेका हुन्।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलबाट निकालेर सबै शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताए ।

विज्ञापन

एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाने क्रममा दुर्घटनामा परेको थियो ।

त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो ।

तस्बिर : नेपाल  फाेटाे लाइब्रेरी 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय