पाँचथरको हेवाँखोलामा भएको गाडी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते  

झापा । पाँचथरको हेवाँखोलामा शुक्रवार साँझ गाडी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ ।

त्रिशक्ती कन्ट्रक्सनका कर्मचारी बोक्ने बा १७ प ७९९९ नम्वरको  फॉर्च्युनर टोयोटा कम्पनी को गाडी आज साँझ पौने ६ बजे दुर्घटना परेको हो ।


दुर्घटनामा परी गाडीका चालक नेपालगञ्ज घर भएका करिब ३५ वर्षीय श्याम विश्वकर्माको घटनास्थलमै मृत्यू भएको बताइएको छ । दुर्घटनामा इलाम घर भएका ३१ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन । उनलाई पाँचथर अस्पतालमा प्राथमिक उपचार पश्चात झापा तर्फ पठाइएको छ ।


गाडी सडकदेखि २५ मिटर तल खसेर उत्तानो परेको छ  । अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
\

लोकप्रिय

लोकप्रिय