कमलमा भएको मोटरसाइकल दुर्घटनामा अर्जुनधाराका लिम्बूको मृत्यु, एक घाइते

Share :

झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जानको मृत्यु भएको छ ।

गएराति ११:३० बजेको समयमा कमल गाउँपालिका वडा न.३ सानो केर्खास्थित राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको बा ६४ प १४०० नं. को मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किन गई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका वडा न.४ बस्ने २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड पठाईएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।


मोटरसाइकलको पछाडी सवार सोही ठाउँ बस्ने १५ वर्षीय विपल नेपालको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीएसपी चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
2
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय