बिर्तामोडमा शंकास्पद भनिएको वस्तु मन्साएर फलिएको भाडो

Share :

बिर्तामोड । झापाको बिर्तामोड ३ स्थित बिर्ता बजारमा देखिएको शंकास्पद वस्तु कुनै खतरा वस्तु नभएको प्रहरीले बताएको छ ।

उक्त वस्तु मन्साएर बाटाको बिचमा राखिएको सामान्य माटाको भाडा भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख शुरज कार्कीले जानकारी दिनुभयो ।

शंकास्पद वस्तु देखिएको सुचना पाएपछि डिएसपी कार्की स्वंयम घटना स्थलमा पुग्नु भएको थियो ।


उहाँले चौबाटोमा मन्साएर फालिएको वस्तु माटाेकाे भाडा भएको बताउनुभयो । रातो कपडाले बेरीएको अवस्थामा माटाको भाडा भित्र चामल र कुस समेत फेला परेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले उक्त वस्तुलाई त्याँहाबाट हटाईसकेको छ ।

शंकास्पद वस्तु देखिएको भन्दै केही समय अघि सामाजिक संजालमा समेत हल्ला फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय