युथ अफ खुदुनाबारीको अध्यक्षमा पुनः मनोज सिटौला

Share :

अर्जुनधारा । युथ अफ खुदुनाबारीको अध्यक्षमा मनोज सिटौला निर्वाचित हुनुभएको छ ।

अर्जुनधारा ३ स्थित कैदले पर्यापर्यटन क्षेत्रको गृनेरी हलमा आज सम्पन्न भएको संस्थाको तेस्रो बार्षिक साधारणसभाको बन्दसत्रले निवर्तमान अध्यक्ष सिटौलालाई पुनः अध्यक्षमा चयन गरेको हो ।

सिटौलाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा सागर घिमिरे निर्वाचित हुनुभएको छ । त्यस्तै समितिको निर्वतमान सचिव आनन्द देव कट्टेल पुनः सचिवमा निर्वाचित हुनुभएको छ । संस्थाको सहसचिवमा नरेन मगर निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा बन्दना श्रेष्ठ चयन हुनुभएको छ ।


संस्थाको सदस्यहरुमा दिपा गिरी, लक्ष्मी कन्दङ्वा, प्रदिप मगर, सोविन्द्र राई, रोनक लिम्बू, शितल कार्की, सुदीप रसाईली र नितेश गुरागाई चयन हुनुभएको छ ।

संस्थाको नयाँ नेतृत्व चयनकालागि धनबहादुर तामाङको संयोजकत्वमा कृष्ण थापा र लोकनाथ खतिवडा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिले सहमतिय आधारमा संस्थाको नयाँ कार्यसमिति चयन गरेको निर्वाचन संयोजक धनबहादुर तामाङले जानकारी दिनुभयो ।

युथ अफ खुदुनाबारीका अध्यक्षमा मनोज सिटौला

युथ अफ खुदुनाबारीको नयाँ समितिको अध्यक्षका लागि निर्वतमान अध्यक्ष सिटौला र निर्वतमान उपाध्यक्ष मदन गिरी आकांक्षी रहनुभएको थियो ।

त्यसअघि आजै सम्पन्न भएको तेस्रो बार्षिक साधारणसभाको खुल्लासत्रमा विभिन्न क्षेत्रका ५ जना व्यक्तिहरुलाई सम्मान गरिएको थियो । अर्जुनधार नगरपालिका २ का वडाअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ (सिदार्थ)को प्रमुख आतिथ्य तथा अध्यक्ष मनोज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक युवा रोम समाल, अर्जुनधारा ३ की कर्मचारी मोतीमाया खवास, समाजसेवी ढुण्डीराज गौतम र पत्रकार तिलक योञ्जनलाई सम्मान गरिएको थियो ।

त्यस्तै यो बर्षको युथ अफ द इयर अवार्ड संस्थाका कार्यसमिति सदस्य सोविन्द्र राईलाई प्रदान गरिएको थियो ।

त्यस्तै साधारणसभाकाबिच दुई बिद्यालयका एक–एक जना बिद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको थियो । अर्जुनधारा २ स्थित नवज्योति आधारभुत बिद्यालयकी छात्रा भावना दर्जी र सिंहेस्वरी आधारभुत बिद्यालयका छात्र सुशान्त कुमाललाई नगद ५ हजार रुपैयाँका दरले छात्रवृत्ती प्रदान गरिएको संस्थाका सचिव आनन्ददेव कट्टेलले जानकारी दिनुभयो ।

अध्यक्ष सिटौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष श्रेष्ठ, अर्जुनधारा नगरकी कार्यपालिका सदस्य चन्द्रा तामाङ, कैदले खानेपानीका अध्यक्ष ढुण्डीराज गौतम र जुकेखाडी सामुदायिक वन अन्तर्गतको कैदले पर्यापर्यटन संयोजक दिपक दुलालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उपाध्यक्ष मदन गिरीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव आनन्ददेव कट्टेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
6
+1
0
+1
0
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय