झापामा कुन्युबाट सल्किएको आगोमा जलेर एक बालकको मृत्यु

Share :

झापा । झापाको झापा गाउँपालिका–४ भानटोलीमा आगलागी हुँदा जलेर एकजना बालकको मृत्यु भएको छ ।

परालको कुन्युबाट सल्किएको आगोले स्थानीय इनाम हुसेन सेखको १ तले टिनको छानो भएको कच्ची घरमा शुक्रबार साँझ आगलागी भएको थियो ।

प्रहरीका अनुसार सेखका साढे चार वर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको हो ।


आगलागीबाट इनाम हुसेन शेख र शाकिर हुसेन सेखको भान्सा घरभित्र रहेको खाद्यान्न, भाडावर्तन तथा नजिकै रहेको मस्जिद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब ८ लाख बरावरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय