दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना, दर्जन बढी घाइते

Share :

झापा । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधि व्यवसायी सवार बस शिवसताक्षीको माइधारमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी एक दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ ।


औषधि व्यवसायीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बर बस दुर्घटना भएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

बस पल्टिएर राजमार्गदेखि तल खसेको थियो । घाइतेहरूको नामावली आउन बाँकी रहेको प्रहरी निरीक्षक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय