गायिका मेनुका पौडेललाई ‘उत्कृष्ट नारी सम्मान’

Share :

प्रकाश बानियाँ, बिर्तामोड । भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएकी चर्चित गायिका मेनुका पौडेललाई लायन्स क्लब अफ बिर्तामोड सिटि र लायन्स क्लब अफ बिर्तामोड लेडीले ‘उत्कृष्ट नारी सम्मान’ प्रदान गरेको छ ।

बिर्तामोड स्थित सरगम संगितालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबिच झापाली गायिका मेनुकालाई सम्मान गरिएको हो । गायिका पौडेललाई लायन्स क्लब अफ बिर्तामोड सिटिका अध्यक्ष दुर्गाप्रसाद थपलियाले नगद ५ हजारसहित खादा र सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।

पौडेलले संगीतको माध्यमबाट नेपालको शिर उच्च बनाएको भन्दै सम्मान गरिएको क्लबका प्रथम उपाध्यक्ष उपेन्द्र बानियाँले बताउनुभयो  ।


लायन्स क्लब अफ बिर्तामोड सिटिका अध्यक्ष दुर्गाप्रसाद थपलिया र लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको  प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संग्रौला लायन्स क्लबका डिस्ट्रीक चिफ निरज ओलि, लायन्स एरिया चिफ उर्मिला बिमली खरेल,  क्लबका जोन चियर पर्सन मनोज बानियाँ र समाजसेवी खोदनाथ चापागाईंले गायिका पौडेललाई बधाई तथा शुभकामना दिनुभएको थियो। अध्यक्ष ओलीले कार्यक्रममा स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय