छोरीसहित आत्मदाह गरेकी बुद्धशान्तिकी २८ वर्षीया माया रम्तेलको समेत निधन

Share :

बिर्तामोड । गत शुक्रबार आत्मदाह गरेकी झापा बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलको समेत मृत्यु भएको छ । उनको पाँच वर्षीया छोरी वर्षाले आमाले गरेको आत्मदाह कै कारण यसअघि नै ज्यान गुमाएकी थिइन् ।

मायाले छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको गत शनिबार नै मृत्यु भएको थियो । आमा माया भने गम्भीर घाइते भएर उपचाररत थिइन् । उनको आज बिहान् ८ बजे उपचारकै क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार गत शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा आमाछोरी दुवै जना गम्भीर घाइते भएकाका थिए ।


घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उक्त नोटमा मायाले उनका पति राजन विक परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख छ ।

प्रहरीले ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
1
+1
0
+1
0
+1
5
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय