बिर्तामोड । अर्जुनधारा नगरपालिका–५स्थित ब्राइटर अंग्रेजी स्कुलको २३ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर खवासको अध्यक्षता र शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माको प्रमुख अतिथ्यमा बिद्यालयले २३ औं वार्षिकोत्सव मनाएको हो ।
बिद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा बिद्यार्थीहरुद्वारा अभिनित नाटक ‘जस्तो कर्म उस्तै फल’ मञ्चन गरिएको थियो । त्यस्तै बिद्यार्थीहरुले वार्षिकोत्सवको अवसरमा विभिन्न खेल कौसलता प्रदर्शन गरेका थिए ।
वार्षिकोत्सव समारोहमा उपस्थित सहभागिहरुलाई बिद्यालयका प्रधानाध्यापक भाष्कर भट्टराईले स्वागत गर्नुभएको थियो । उहाँले बिद्यार्थीहरुलाई सैद्धान्तीक शिक्षासंगै व्यवहारीक शिक्षामा विषेश जोड दिएर पठनपाठन गराईएको बताउनुभयो ।
कार्यक्रममा ७५ बर्ष भन्दाबढी उमेरका १५ जना जेष्ठ नागरिकलाई बिद्यालयले सम्मान गरेको थियो । त्यस्तै विभिन्न विद्यामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई वार्षिकोत्सव समारोहकाबिच अवार्ड प्रदान गरिएको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्मा, बिद्यालयका प्रबन्ध निर्देशक लेखनाथ भट्टराई, बिद्यालय संचालन समिति सदस्य युवराज पाण्डे, संस्थापक तथा पूर्व प्रधानाध्यापक तुलसिराम मैनाली, इकम कलेज बिर्तामोडका फाउण्डर आलोक कार्की, पूर्व वडाअध्यक्ष ध्यानबहादुर भारती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्याब्सन झापाका उपाध्यक्ष टिकाराम गौतम, प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्ध सिटौला, सचिव राजेश आचार्य लगायत शिक्षक, अभिभाव तथा बिद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।