शान्ति सामुदायिक वनको निर्वाचनको मतगणना जारी

Share :

अर्जुनधारा । शान्ति सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । अर्जुनधारा नगरपालिका–२ स्थित सामुदायीक वनको कार्यलय रातेमा मतगणना भइरहेको हो ।

मतगणना ५ बजेबाट सुरु गरिएको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडासचिव सागर आचार्यले जानकारी दिनुभयो । हालसम्म १ सय ८५ वटा मतपत्रको गणना सकिएको उहाँले बताउनु भयो । कुन उम्मेद्वारले कति मत पाँए भन्ने बिवरण भने तय नभइसकेको उहाँको भनाई छ ।

आज बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म भएको मतदानमा ८०७ जना मतदाताले मत हालेका थिए । दुईवटा क्षेत्र विभाजन गरेर मतदान भएको थियो । क्षेत्र १ अन्तर्गत सामुदायिक वनको कार्यलय रातेको मतदान केन्द्रमा २८५ र क्षेत्र २ अन्तर्गत रेडक्रस भवन झेलेनीमा रहेको मतदान केन्द्रमा ५२२ गरि जम्मा ८०७ मत खसेको निर्वाचन संयोजक रघुनाथ खनालले जानकारी दिनुभयो । शान्ति सामुदायिक वनमा ८ सय ६५ जना मतदाता रहेका छन् ।


५ पदाधिकारी सहित १४ पदकालागि ४१ जना उम्मेद्वार चुनावी मैदानमा छन् । समितिको अध्यक्ष पदका लागि ४ जना चुनावी मैदानमा रहेका छन् । नेकपा एमालका ज्ञानु खनाल, नेपाली काँग्रेसका खगेन्द्र कोईराला, राप्रपाका तारा श्रेष्ठ र एमाले त्याग गरेर स्वतन्त्र रुपमा रुपनारायण समाल अध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

एमालेका खनालको प्यानलबाट उपाध्यक्षमा विनिता थापा, सचिवमा दुर्गा प्रसाद तिम्सिना, सहसचिवमा प्रेम घिमिरे र कोषाध्यक्षमा विना रोक्का उम्मेद्वार छिन् । त्यस्तै सदस्यहरुमा गोमा कट्टेल, इन्द्रकुमारी लिम्बू समाल, अम्बिका बाँस्कोटा, पुष्पा खड्का पौडेल, सञ्चमाया कुमाल, गणेश सापकोटा, खगेन्द्र जिम्मा, प्रेमसागर खनाल र प्रेमबहादुर गजमेर उम्मेद्वार रहेका छन् ।

कांग्रेका कोइरालाको प्यानलबाट उपाध्यक्षमा लक्ष्मी कन्दङवा लिम्बू, सचिवमा नरेन्द्र प्रसाद गौतम, सहसचिवमा रघुनाथ वास्कोटा र कोषध्यक्ष पदमा डम्बरकुमारी सुन्दास (ममता)उम्मेद्वार छिन् । त्यस्तै सदस्य पदमा उमा सुवेदी, रेवती दर्जी, पुजन गौतम, राजु पैड्याल, रमा रिजाल, तारादेवि श्रेष्ठ, गितादेवि न्यौपाने, दुर्गा प्रधान र पुण्यप्रसाद वास्कोटा उम्मेद्वार छन् ।

त्यस्तै राप्रपाका श्रेष्ठको प्यानलबाट सहसचिव पदमा दुर्गा बस्नेत खतिवडा, सदस्य पदमा शुक्रराज कन्दङ्वा, नरबहादुर खनाल, अम्बिका गुरागाई, सरिता चौहान र पवित्रा कुमाल उम्मेद्वार छन् ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कोषाध्यक्षमा रोमादेवि घिमिरे लुईटेलको उम्मेदवारी छ । निर्वाचनमा सहसचिव पदमा घनश्याम ढुङ्गेल, सदस्य पदमा मोहन दाहाल, पदम अधिकारी र पुण्य प्रसाद आचार्य स्वतन्त्र उम्मेद्वार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
1
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय