क्यानडाविरुद्दको एकदिवसीय श्रृंखला नेपालले गर्‍यो क्लिनस्वीप

Share :

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय श्रृंखला नेपालले क्लिनस्वीप गरेको छ।

तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ९ विकेटको जित निकालेसँगै नेपालले श्रृंखला क्लिनस्वीप गरेको हो।

नेपालको अन्तिम खेलमा नेपाललाई जित दिलाउन अनिल साह र भीम सार्कीले शतकीय योगदान गरे। अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलो शतक बनाउने क्रममा अनिल साह ११२ र सार्की १०१ रनमा अविजित रहे। कुशल भुर्तेल १३ रनमा आउट भएका थिए।


टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। २ सय ३३ रनको लक्ष्य नेपालले ४४।३ ओभरमा एक विकेट गुमाएर भेट्टायो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय