शान्ति सामुदायिक वनको मतदान सुरु

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–२ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

आज बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक रघुनाथ खनालले जानकारी दिनुभयो । उहाँको अनुसार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । ५ पदाधिकारी सहित १४ पदकालागि ४१ जना उम्मेद्वार चुनावी मैदानमा छन् । शान्ति सामुदायिक वनमा ८ सय ६५ जना मतदाता रहेका छन् ।

सामुदायिक वनको कार्यलय राते र रेडक्रस भवन झेलेनीमा गरि दुई स्थानमा मतदान भैइरहेको छ।


समितिको अध्यक्ष पदका लागि ४ जना चुनावी मैदानमा रहेका छन् । नेकपा एमालेको तर्फबाट अध्यक्षमा ज्ञानु खनाल उम्मेद्वार छन् । नेपाली काँग्रेसको तर्फबाट खगेन्द्र कोईराला अध्यक्षको उम्मेद्वार छन् भने राप्रपाले तारा श्रेष्ठलाई अध्यक्षको उम्मेद्वार बनाएको छ । त्यस्तै रुपनारायण समालले स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

अध्यक्षको उम्मेदवार खनाल समितिका पूर्वसचिव समेत हुन् । त्यस्तै कोइराला निर्वतमान कोषाध्यक्ष हुन् भने समाल संस्थापक सचिव र बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहिसकेका छन् । उनी नेकपा एमाले त्यग गरेर स्वतन्त्र रुपमा अध्यक्षको उमेद्वार बनेका हुन् ।

एमालेका खनालको प्यानलबाट उपाध्यक्षमा विनिता थापा, सचिवमा दुर्गा प्रसाद तिम्सिना, सहसचिवमा प्रेम घिमिरे र कोषाध्यक्षमा विना रोक्का उम्मेद्वार छिन् । त्यस्तै सदस्यहरुमा गोमा कट्टेल, इन्द्रकुमारी लिम्बू समाल, अम्बिका बाँस्कोटा, पुष्पा खड्का पौडेल, सञ्चमाया कुमाल, गणेश सापकोटा, खगेन्द्र जिम्मा, प्रेमसागर खनाल र प्रेमबहादुर गजमेर उम्मेद्वार रहेका छन् ।

कांग्रेका कोइरालाको प्यानलबाट उपाध्यक्षमा लक्ष्मी कन्दङवा लिम्बू, सचिवमा नरेन्द्र प्रसाद गौतम, सहसचिवमा रघुनाथ वास्कोटा र कोषध्यक्ष पदमा डम्बरकुमारी सुन्दास (ममता)उम्मेद्वार छिन् । त्यस्तै सदस्य पदमा उमा सुवेदी, रेवती दर्जी, पुजन गौतम, राजु पैड्याल, रमा रिजाल, तारादेवि श्रेष्ठ, गितादेवि न्यौपाने, दुर्गा प्रधान र पुण्यप्रसाद वास्कोटा उम्मेद्वार छन् ।

त्यस्तै राप्रपाका श्रेष्ठको प्यानलबाट सहसचिव पदमा दुर्गा बस्नेत खतिवडा, सदस्य पदमा शुक्रराज कन्दङ्वा, नरबहादुर खनाल, अम्बिका गुरागाई, सरिता चौहान र पवित्रा कुमाल उम्मेद्वार छन् ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कोषाध्यक्षमा रोमादेवि घिमिरे लुईटेलको उम्मेदवारी छ ।  निर्वाचनमा सहसचिव पदमा घनश्याम ढुङ्गेल, सदस्य पदमा मोहन दाहाल, पदम अधिकारी र पुण्य प्रसाद आचार्य स्वतन्त्र उम्मेद्वार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
2
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय