बिर्तामोडमा भव्य रुपमा मनाईयो २८६० औं सोनाम ल्होछार

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा तामाङ समुदायले मञ्जुश्री संवत अनुसारको २८६० औं सोनाम ल्होछार विविध कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाएका छन् ।

नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद् बिर्तामोड झापाको आयोजनामा भइरहेको दोश्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवमा तामाङ समुदायले विविध कार्यक्रम गरी २८६० औं सोनाम ल्होछार मनाएका हुन् ।

नेपाल तामाङ घेदुङ बिर्तामोड नगर कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा तामाङ समुदायका महिला पुरुष आआफ्नो जातीय पोशाक र साँस्कृतिक झाँकीसहित सहभागी भएर गीत, नृत्य, प्रहसन, नाटकलगायतका मनोरञ्जनात्मक कार्यक्रमका साथ एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।


नेपाल तामाङ घेदुङ बिर्तामोड नगर कार्यसमितिका अध्यक्ष विजय तामाङको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष समिक्षा योञ्जनले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय सदस्य तथा झापा इञ्चार्ज पदमबहादुर ग्यावक तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिकी उपाध्यक्ष फूलमाया मोक्तान,नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल तामाङ घेदुङ बिर्तामोड नगर कार्यसमितिका सचिव गणेश तामाङ र सहसचिव चनीमाया तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय