बालक बेपत्ता भएको घटनामा प्रहरीद्वारा एक जना नियन्त्रण

Share :

बिर्तामोड । इलामको रोङ गाउँपालिका–२ दुधेबाट बेपत्ता भएका ६ बर्षीय बालक निर्भिक तामाङको खोजी गरिरहेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

खोजी कार्य र घटना अनुसन्धानमा सहयोग पुर्याउनका लागि बेपत्ता बालकको सम्बन्धमा हजुरआमा पर्ने एक जना आफन्तलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश जवेगुले जानकारी दिनुभयो ।

बखरखेतीसंग कुरा गर्दै डिएसपी प्रकाश जवेगुले भन्नुभयो,–“बालकको खोजी कार्यमा हालसम्म उपलब्धि देखिएको छैन्, एक जना आफन्तलाई सोधपुक्षकालागि नियन्त्रणमा लिएका छौं, उहाँ निर्भिकको हजुरआमा सम्बन्ध पर्नुहुँदो रहेछ, बेपत्ता हुनु अघि बालक उहाँसंगै घरबाट निक्लिएको देखिन्छ ।”


बालकको खोजीमा आज बिहानै देखि प्रहरी नायव उपरिक्षक जवेगुको नेतृत्वमा २५ जना प्रहरी परिचालन भएका थिए । खोजी कार्यमा प्रहरीले २ वटा कुकुरको समेत प्रयोग गरेको थियो । संभावीत क्षेत्रमा खोज गरिएपनि बालक फेला पर्न नसकेको जवेगुले बताउनुभयो ।

सुनसरीको धरान उपमहानगरपालिका–८ दुर्गा मार्ग घर भएका बालक निर्भिक तामाङ इलामको रोङ–२ स्थित मामाघर आएका थिए । विजय ग्लान तामाङ र शान्तकुमारी तामाङको छोरा निर्भिक बिहिबार दिउँसोबाट बेपत्ता भएका हुन् ।

अन्दाजी ३ फिट ५ इन्च उचाईका उनी पातलो दुब्लो शरिर भएको र करिब १२ केजी तौल रहेको परिवाले जनाएको छ । बेपत्ता भएको समयमा बालकले कालो रङ्गको ट्रयाक र सुन्तले रङ्गको जम्पर लगाएको बताइएको छ । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवार, आफन्त र प्रहरीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
2
+1
1
+1
7
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय