स्वास्थ्य मन्त्री बस्नेतले गरे बिर्तामोड नगरअस्पतालको अनुगमन

Share :

बिर्तामोड । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिर्तामोड नगरअस्पतालको अनुगमन गर्नु भएको छ । मन्त्री बस्नेतले आज (शुक्रबार) नगरमा सन्चालनको तयारीमा रहेको डायलासिस कक्षसहित अनुगमन गर्नु भएको हो ।

मन्त्री बस्नेतलाई बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगर अस्पताल सन्चालनमा देखा परेका समस्या र आवश्यक विषयमा जानकारी गराउनु भयो । नगर प्रमुख प्रसाईले आमा सुरक्षा कार्यक्रमको अप्रेशन थिएटरमा आवश्यक उपकरणको लागि मन्त्री बस्नेतसंग माग पत्रसमेत बुझाउनु भयो ।

मन्त्री बस्नेतले आवश्यक उपकरणका विषयमा राज्यको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको छ । सरकारले नगरपालिका र गाउँपालिकालाई एकै दरमा औषधी प्रदान गर्ने नीति व्यवहारिक नभएको भन्दै उहाँले यसलाई परिमार्जन गर्न आवश्यक रहेकोले मन्त्रालयमा छलफल गर्ने बताउनु भयो ।


सरकारले निशुल्क प्रदान गर्ने औषधी गाउँपालिका सरह नै बिर्तामोडलाई दिने भएकोले औषधी अभाव हुँदै आएको छ । बिर्तामोडमा ठुलो जनसंख्या रहेकोले औषधी चाँडै सकिने गरेको छ । स्थानीय तहलाई औषधी खरिद गर्ने कानून पनि नभएकाकारण सर्वसाधारण मारमा पर्ने गरेका छन् ।

यसैबिच आज नै प्रदेश स्वास्थ्य मन्त्रालयबाट पनि विज्ञसहितको टोलीले डायलासिस कक्षको अनुगमन गरेको छ । नेफ्रोलोजिस्ट डा. निराजन शाह, जन स्वास्थ्य विज्ञ दुर्गा आचार्य, मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। रामबाबु खड्का सहितको टोलीले अनुगमन गरेको हो । बिर्तामोड नगर अस्पतालमा ६ बेडको डायलासिस सेवा सन्चालनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय