राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोडको अधिवेशन २७ गते

Share :

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोड नगर समितिको अधिवेशन माघ २७ गते हुँदैछ ।

आज बिर्तामोडमा पत्रकार भेटघाट गर्दै आयोजक समितिले अधिवेशन आयोजनाका बिषयमा जानकारी गराएको हो ।

अधिवेशनलाई प्रमुख अतिथीका रुपमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने अधिवेशन आयोजक समितिका संयोजक सन्तोष कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।


पार्टीका नगर अध्यक्ष रञ्जु प्याकुरेलको अध्यक्षतामा हुने कार्यक्रमबाट नयाँ समिति चयन हुने पार्टीका बिर्तामोड वडा नम्बर १ का अध्यक्ष जनक खड्काले जानकारी दिनुभयो ।

कार्यक्रम बिर्तामोडस्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा हुनेछ । अधिवेशनले बिर्तामोडका सवै वडामा वडा समिति समेत चयन गर्ने उहाँले बताउनुभयो ।

संगठनलाई सुदृढीकरण गर्दै पार्टीलाई चलायमान बनाउन अधिवेशन गरेर नयाँ नेतृत्व छनोट गर्न लागिएको खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय