गायिका मेनुका पौडेललाई सप्तक संगीतालयद्वारा सम्मान

Share :

बिर्तामोड । चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएकी चर्चित गायिका मेनुका पौडेललाई बिर्तामोडको सप्तक संगीतालयले सम्मानसहित अभिनन्दन गरेको छ ।

आज एक विषेश कार्यक्रमको आयोजन गर्दै झापा बिर्तामोड–५मा रहेको सप्तक संगीतालयले हल्दिबारी–४ की स्थायी बासिन्दा मेनुकालाई सम्मान गरेको हो ।


संगीतालयका गुरु अर्पण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोडस्थीत न्युटन्स् एजुकेशन एकेडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाई, विशेष अतिथि साहित्य चौतारी झापाका संस्थापक देविभक्त श्रेष्ठ, बिर्तामोड–५ का वडासदस्य ओम सेढाई, संगीतालयकी अध्यक्ष आकृति खतिवडा, संस्थापक कुशल पौडेल, सल्लाहाकार खड्ग प्रसाद सिटौला लगायतले सम्मान गर्नुभएको थियो ।


गायिका पौडेललाई फुलमाला, अबिर र सम्मानपत्र प्रदान गर्दै सम्मान तथा अभिनन्दन गरिएको थियो । सम्मान पश्चात कार्यक्रममा बोल्दै गायिका पौडेलले आफु सधैं सिक्ने प्रयत्न गरिरहेको भन्दै सप्तक संगीतालयले गरेको सम्मानले आफुलाई अझबढी हौसला मिलेको बताउनुभयो ।

मेनुकाले ‘इन्डियन आइडल’यात्राको अनुभव समेत सुनाउनुभएको थियो । ‘इन्डियन आइडल’ यात्राको सफलता आफ्नो मात्रै नभई सम्पूर्ण नेपालीहरुको भएको उहाँले बताउनुभयो । गायिका पौडेलले संगीतयात्रामा सफल हुनका लागि सन्यासी जिवन जिउन सक्नुपर्ने बताउनुभयो । संगीतप्रतिको लगावलाई सन्यासीको रुपमा लिनसके अवश्य सफल हुन सकिने उहाँको भनाई थियो ।

संगीतालयका संस्थापक कुशल पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि देवेन्द्र हुमागाई, विशेष अतिथि देविभक्त श्रेष्ठ, वडासदस्य ओम सेढाई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संगीतालयको सभाहलमा भएको कार्यक्रममा बिद्यार्थीहरुले सांगीतिक प्रस्तुति समेत दिएका थिए । कार्यक्रमको संचालन पवित्रा पौडेलले गर्नुभएको थियो ।

यस अघि सोमबार नेपाल आईपग्नुभएकी मेनुकालाई गृहजिल्लामा भव्य स्वागत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय