कांग्रेसका नेता एवम् पूर्वमन्त्री बुढाथोकीको निधन

Share :

झापा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री झापा अर्जुनधारा निवासी बुढाथोकीको गएराति ११ः३० बजे बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उहाँ प्रोस्टेट क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

‘सेतो बाघ’ उपनामले परिचित बुढाथोकी कांग्रेसभित्र हक्की स्वभावका नेताको रुपमा चिनिनुहुन्थ्यो । उहाँ दुईपटक मन्त्री हुनुभएको थियो । बुढाथोकी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री बन्नु भएको थियो ।


बुढाथोकी चार दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँको मंगलबार कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय