नाटक रिफण्ड हेर्ने दर्शक १३ हजार नाघे, चाम उत्तिकै

Share :

झापा । झापा नाटक घरमा गत माघ १० गतेबाट मञ्चन सुरु भएको नाटक रिफण्डलाई २२ गते सम्ममा १३ हजार भन्दाबढि दर्शकले अवलोकन गरेको नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घरका अभियन्ता, परिकल्पनाकार माधव कल्पितले जानकारी दिनुभयो ।

निर्माणाधीन झापा नाटक घरको पुर्णताका लागि पहिलोपटक झापा नाटक घरमा मञ्चन गरिएको नाटक कक्षा-११ काे अनिवार्य अंग्रेजी पाठ्यक्रममा रहेको नाटक घरका मेनेजिङ्ग डाइरेक्टर राजकुमार भट्टराईले जानकारी दिनुभयो ।

माघ २२ गते सम्मका लागि भनेर मञ्चन सुरु गरिएको नाटक रिफण्डका लागि अझै साे हरु बुकिङ हुन थालेपछि अहिले तीन दिनका लागि नाटक मंचन हुने समयअवधि थप गरिएको नाटक मञ्चन व्यवस्थापन समितिका संयाेजक ताराप्रकाश भट्टराईले बताउनुभयो ।


बिद्यार्थीकाे पाठ्यक्रममा आधारीत भएकोले अहिले बिर्तामोड, अर्नुनधारा, कनकाई, डाँगीबारी र शिवसताक्षी लगायतका क्षेत्रका बिद्यालयले बिद्यार्थीसहित झापा नाटक घरमा उपस्थित भएर बिहान ८ बजे, ९:३० बजे, ११:३० बजे र २:३० बजे गरि दिनको चार साे सम्म नाटक हेरिरहेको क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हंगेरीका प्रसिद्ध लेखक फ्रिज क्यारेन्थि द्बारा लिखित नाटक रिफण्डलाई अनिस लुइँटेलले नेपाली अनुवाद गर्नुभएको छ भने नाम्लो नाट्य समूह माेरङ्गका संयाेजक सुदिप जंग कार्कीले निर्देशन गर्नुभएको छ । नाटकमा विबेक मिश्र, सुरज माझी, प्रज्वल भट्टराई, बाेन्बाे सन्ताेष, दीक्षा चाैधरी, सञ्जय मुडियारी र प्रदिप दहालकाे अभिनय रहेको छ । लाइट, म्युजिकको समायोजन सुशील कार्कीकाे रहेको छ ।

व्यवहारिक र सीप मुलक शिक्षा आजकाे आवश्यकता भन्ने विसयवस्तुमा केन्द्रीकृत नाटकले हजारौं दर्शकको मन जित्न सफल भएको आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय