गायिका मेनुका पौडेललाई गृहजिल्लामा भव्य स्वागत सम्मान

Share :

झापा । चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएकी चर्चित गायिका मेनुका पौडेललाई गृहजिल्लामा भव्य स्वागत सम्मान गरिएको छ ।

उनलाई स्वागत गर्न ठूलो संख्यामा शुभचिन्तक तथा आफन्त नेपाल–भारत सीमामा रहेको मेची पुल पुगेका थिए।


उनलाई हल्दिबारी गाउँपालिकाले उनलाई नगदसहित कदरपत्रले सम्मान गरेको छ। हल्दिबारी वडा नं ४ बडावारीकी स्थायी बासिन्दा मेनुकालाई ४५ हजार नगदसहित सम्मान गरिएको हो । उनी ‘इन्डियन आइडल’ को आइतबारको दौडबाट बाहिरिएकी थिइन्।

गायिका पौडेललाई आजै साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय