इन्डियन आइडलबाट बाहिरिएकी मेनुकालाई आज झापामा सम्मान गरिदै

Share :

झापा । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन १४ को दौडबाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् ।

पारिवारिक स्रोतका अनुसार उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् ।

आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्तकण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए । तर, उनी बाहिरिएपछि निर्णायकहरू पनि दुःखी बनेका छन् ।


मेनुका आज घर फर्किंदैछिन्। मुम्बईबाट बिहान साढे १० बजे उनी बागडोगरा विमानस्थल ओर्लिने छिन् । मेनुकालाई बाजागाजासहित स्वागत सम्मान गर्न उनका प्रशंसकसहितको टोली बागडोगरा विमानस्थल जाने कार्यक्रम छ ।

इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दिवारी, सप्तक संगीत विद्यालय झापा लगायतका संघ संस्थाले सम्मान गर्ने कार्यक्रम तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय