सौर्य उर्जा परियोजना ‘झापा इनर्जी’को उद्घाटन माघ २३ मा हुने

Share :

बिर्तामोड । झापामा संचालित सौर्य उर्जा परियोजना ‘झापा इनर्जी लिमिटेड’को उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियोजनाको माघ २३ गते उद्घाटन गर्ने झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो ।

शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा मेन ग्रिडमा जडान भइसकेको छ । सोलार प्यानलमार्फत उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित विजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइरहेको भट्टराईले बताउनुभयो । २०७६ सालमा झापा इनर्जी दर्ता भएर परियोजनाको काम सुरु भएको थियो । भट्टराईका अनुसार २१ विगाह १३ कठ्ठा जमीन कम्पनिको नाममा खरीद गरिएको छ । अन्य केही विगाह जमिन लिजमा लिएर गार्डेनीङ, पार्कीङ लगायतका कामहरु भइरहेको छ । परियोजनामा करिब ८३ करोड लगानी गरिएको छ ।

नेपाल बिद्युत प्राधिकरण दमकका प्रमुख परितोषकुमार चौधरीले परीक्षण प्रसारणको ३५ दिनमा ८ लाखबाट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिनुभयो । उहाँले हाल ६ मेगावाट बिद्युत राष्ट्रिय प्रशारण लाइनमा थप भएको बताउनुभयो । हुस्सुका कारण कम उत्पादन देखिएपनि मौषम सफा भएसंगै अधिक्तम १० मेगावाट बिद्युत उत्पादन हुने बताउनुभयो ।


यो आयोजना झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवासहितको सक्रियतामा चार वर्षअघि सुरु भएको थियो । कम्पनीका अध्यक्ष साँवाले नेपालमा बिद्युत उर्जा उत्पादनको ११४ बर्षमा तीन हजार मेगावाट मात्र उत्पादन भइरहेको भन्दै यो प्लान्टले नेपालको उर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दावी गर्नुभयो । उहाँले मुलुकको समृद्धीका लागि झापालीहरुको अगुवाईमा सोलार प्रोजेक्ट सुरु गरिएको बताउनुभयो । उहाँले समृद्धीको यात्रामा सबैलाई जोड्ने लक्ष्यकोसाथ यो आयोजना निर्माण गरिएको बताउनुभयो ।

झापा इनर्जी लिमिटेड र नेपाल बिद्युत प्राधिकरणबीच २०७८ मंसिर १२ मा विद्युत खरिद, बिक्री गर्र्ने सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय