४ बुँदे माग राख्दै बिर्तामोडका व्यवसायीले नगरपालिकामा बुझाए ज्ञापनपत्र

Share :

बिर्तामोड । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले विभिन्न माग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । आज महासंघका अध्यक्ष युवराज निरौलासहित पुगेको टोलीले नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यवसाय क्षेत्र सम्हाल्न नसक्ने अवस्थामा पुगेको बताउदै ४ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो । उक्त मागहरुका आधारमा स्थानीय सरकारले सम्बोधन गर्न सके केहिमात्रामा राहत हुने अध्यक्षको भनाई थियो ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले बिर्तामोडको ज्ञापनपत्रमा भनिएको छ, ‘नगरपालिकाको अघिल्लो कार्यकालमा बजार क्षेत्रको सौन्दर्यकरण र व्यवस्थापनलाई मध्यनजर गर्दै वडा नं. ६ मा अटोल्याण्ड सञ्चालनमा ल्याएको थियो ।


नगरपालिकाले त्यसैबेला २ पाङग्रे र ३ पाङग्रे सवारीलाई पनि अटोल्याण्डमा लैजाने निर्णय गरेको थियो । तर, व्यवसायीहरुको माग र बजारको परिस्थिति मध्यनजर गर्दै उक्त सवारीलाई यथावत स्थानमै रहने गरी नविकरणको व्यवस्थापन मिलाइदिन माग गर्दछौं । व्यवसायीको हितका लागि नगरपालिकाले कर छुटमा दिएको समय सीमा कार्तिक मसान्तमा समापन भएको हुँदा उक्त सुविधालाई माघ मसान्तसम्म निरन्तरता दिन जोडदार माग गर्दछौं ।

विर्तामोड नगरपालिकाले सम्पत्ति कर र व्यवसायीक करमा गरेको नयाँ व्यवस्था अव्यवहारिक भएको आम व्यवसायीहरुको ठहर छ । मानौ सम्पत्ति कर बुझाएपछि मात्रै व्यवसायिक कर बुझ्ने निर्णयलाई पुनरावलोकन गरी व्यवसाय नविकरण गरिदिन माग गर्दछौं । बिर्तामोड नगरपालिकाको कारोवारका आधारमा व्यवसायिक कर लिने प्रावधान अवैज्ञानिक भएको हुँदा पूँजीको आधारमा कर निर्धारण गर्न जोडदार माग गर्दछौं ।’

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख प्रसाईले व्यवसायीहरुको मागप्रति सकारात्मक रहेको बताउनुभएको छ । उहाँले नगरभित्रको व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धनमा सधैं स्थानीय सरकार अभिभावकीय भूमिका हुने बताउनुभयो ।

उहाँले कारोवारका आधारमा व्यवसायिक कर लिने प्रावधान बारे आगामी वर्ष थप परामर्श गरिने व्यवसायीहरुलाई जानकारी दिनुभयो ।

नगर प्रमुखसहित नगर उपप्रमुख नगेन्द्र संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले ज्ञापनपत्र बुझेका थिए । ज्ञापनपत्र बुझाउन महासंघका तर्फबाट नारायण चिमरिया, पर्वत कार्की, गोमा भट्टराई, केदार खनाल, बिर्तामोड वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, अटो व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्र : 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय