वाणिज्य संघको निर्वाचनका लागी ‘स्वतन्त्र व्यवसायिक प्यानल’ले तय गर्‍यो ४ जनाको उम्मेदवारी

Share :

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनको लागि खडा गरिएको ‘स्वतन्त्र व्यवसायिक प्यानल’मा ४ जना पदाधिकारीको नाम टुङ्गो लागेको छ ।

नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आवद्द व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम टुङ्गो लागेको हो ।

यसैगरि व्यवसायी ओम प्रकाश श्रेष्ठले पनि पदाधिकारीमै कुनै एउटा पद पाउने निश्चित भएको छ । बाँकी पदाधिकारी तथा सदस्यहरुको नाम टुङ्याउने विषयमा भने व्यवसायीहरुको आन्तरिक बैठक तथा छलफल चलिरहेको छ ।


अध्यक्षका उम्मेदवार मैनाली वर्तमान महासचिब र वरिष्ठ उपाध्यक्षका उम्मेदवार घिमिरे वर्तमान वाणिज्य उपाध्यक्ष हुन् । फागुन १४ हुने निर्वाचनका लागि दलहरु आफ्नो उम्मेदवार छनोटको प्रक्रियामा छन् ।

स्वतन्त्र व्यवसायिक प्यानलमा अन्य केहि व्यवसायीको नाम पनि चर्चामा छ । युवराज निरौला, लक्ष्मी प्रसाद सापकोटा, गोमा भट्टराई लगायतको नाम चर्चामा रहेको हो ।

स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेदवारहरु हिजो आज सदस्यता नविकरण तथा मतदातासंगको भेटघाटमा व्यस्त छन् । बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सबै बजार, पसलमा पुगेर मतदातासंग भेटघाट तथा सदस्यता नविकरण गराउने काम भईरहेको व्यवसायी युवराज निरौलाले जानकारी दिनुभयो ।

नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आवद्द व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम टुङ्गो लागेको हो ।

यसैगरि व्यवसायी ओम प्रकाश श्रेष्ठले पनि पदाधिकारीमै कुनै एउटा पद पाउने निश्चित भएको छ । बाँकी पदाधिकारी तथा सदस्यहरुको नाम टुङ्याउने विषयमा भने व्यवसायीहरुको आन्तरिक बैठक तथा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय