शिवसताक्षीमा छिमेकी साकोसको बृहत स्वास्थ्य शिविर : अढाईलाखको औषधी पनि सितैँमा

Share :

झिलझिले । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठुलो छिमेकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र स्थानीय सेभेन सीज इलिंस बोर्डिङ स्कुलको सहआयोजनामा सो शिविर सम्पन्न भएको हो । शहिद दिवसको अवसर पारेर शिविर आयोजना गरिएको आयोजक छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन प्रसाद मैनालीले जानकारी दिए ।

ओम साई पाथिभरा अस्पताल भद्रपुर, दृष्टि आँखा तथा कान अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो । शिविरमा स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, कान र आँखा सम्बन्धीका रोगका बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । सो सिविरमा ओम साई पाथिभरा अस्पताल भद्रपुरका डाक्टर कुन्दन कुमार यादव, डाक्टर जयकुमार ठाकुर र डाक्टर श्रवणकुमार राउतले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य परीक्षण गर्न आउने विरामीहरूले औषधि पनि निःशुल्क पाएका थिए । शिवसताक्षी नगरपालिका, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापा, नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङघ मेची र दृष्टि आँखा तथा कान अस्पतालले करिब दुई लाख ५० हजार बराबरको औषधि निःशुल्क वितरण गरेका थिए ।


सो शिविरमा ५६२ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका थिए । बृहत स्वास्थ्य शिविरमा रक्तदान समेत भएको थियो । रेडक्रस उपशाखा शिवसताक्षी र दमकको प्राविधिक सहयोगमा रक्तदान भएको आयोजक संस्थाका प्रबन्धक निर्देशक नर प्रसाद ओलीले बताए ।

आयोजक संस्थाका अध्यक्ष मोहनप्रसाद मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्त कुमार फेउदेनले समाज रूपान्तरणका लागि वित्तीय संघसंस्थाहरुले पुर्याएको योगदानको प्रशंसा गरे । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय र शैक्षिक संस्थाले समाज रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्,’ उनले भने ।

छिमेकी बचत तथा ऋण सहकारी संस्थाकी संचालक समिति सदस्य संगीता कोइराला सुवेदीले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक उदय प्रकाश राईले प्रस्ट्याएका थिए । उनले छिमेकी बचत तथा ऋण सहकारी संस्थाले वर्षेनी समुदायमा रचनात्मक काम गर्दे आएको बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय