पाठेघरमा हुने क्यान्सर रोग बारे अभिमुखीकरण सम्पन्न

Share :

बिर्तामोड। अंग्रेजी महिना जनवरीलाई पाठेघर क्यान्सर विरुद्धको अभियानका रुपमा मनाइने गरिन्छ । झापाको बिर्तामोडमा आइतबार पाठेघरमा हुने क्यान्सर रोग बारे सचेतना सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापा ,प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्यापटर को सहआयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुका लागि पाठेघरको क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्त्रीरोग तथा क्यान्सर रोग बिशेषज्ञ डाक्टर प्रीयंका कटुवालले विद्यार्थीहरुलाई क्यान्सर रोग बारेको जिज्ञासालाई सहजीकरण गर्नु भएको थियो।


अल्प बिकास भएका देशका अधिकांश महिलाहरुमा पाठेघरको क्यान्सर धेरै देखिन थालेको तथ्याङक लाई मध्यनजर गदै विशेषत बालिका तथा किशोरीमा पाठेघरको मुखको क्यान्सर विरुद्ध को खोपको जानकारी गराइएको थियो ।

कलेजका ३०० बढी विद्यार्थीहरुको सहभागीता भएको कार्यक्रममा विद्यार्थीहरु सेम्भी दाहाल ,समीर धमला ,मुना सेन्चेरी ले पाठेघर को क्यान्सर बारेमा जिज्ञासा राखेका थिए।

किरण बस्नेतको व्यवस्थापनमा भएको कार्यक्रमको संचालन कलेजका अतिरिक्त क्रियाकलाप संयोजक दीपक दासले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय