गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटना

Share :

गायिका रचना रिमाल सवार गाडी बाँकेमा दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङतर्फ जान लागेको गाडी दुर्घटनामा परेको हो ।

दाङको लमही महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टानजिकै बा प्र ०३.०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

पत्रकार शिवु खनालले दिएको जानकारीअनुसार अपरान्ह पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गैरहेको ट्रकले स्कर्पियोलाई ठक्कर दिएको थियो।


गाडी दुर्घटनामा परेपनि गायिका रिमाल भने सकुशल रहेको खनालले जानकारी दिनुभयो । खनाल रिमालसँगै गाडीमा सवार हुनुहुन्थ्यो । उहाँले गायिका रिमाल सकुशल रहेपनि आफुलाई भने घुँडामा समान्य चोट लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय