दर्शकको मन जित्दै ‘नाटक रिफण्ड’

Share :

झापा । झापा नाटक घर बिर्तामोडमा मञ्चन भइरहेको नाटक रिफण्डले दर्शकको मन जित्दै गएको छ । प्रर्दशनको चौंथो दिन सम्म आइपुग्दा नाटक रिफण्डले प्रशस्तै प्रशंसक भेटेको छ ।

प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिद्वारा लिखित नाटक रिफण्डले व्यवहारीक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । अव्यवहारीक शिक्षा पद्धतीका कारण देखिएको समस्यालाई नाटकमा प्रस्तुत गरिएको छ । नाटक रिफण्ड कक्षा ११ को अनिवार्य अंग्रेजी पाठ्यक्रममा समेत समावेश छ ।

बिर्तामोड-१ स्थित देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन झापा नाटक घरमा गत माघ १० गतेबाट मञ्चन भइरहेको नाटक रिफण्ड हेर्न झापाका विभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, पालिकाका जनप्रतिनिधिहरु लगायत विभिन्न व्यक्तिहरु पुगिसकेका छन् ।


नाटक रिफण्डले सबै प्रकारका र सबै उमेरका दर्शकको मन जित्न सफल भएको उनिहरुको प्रतिक्रिया छ । कलाकारको अभिनय, नाटकको बिषयबस्तु, नाटकले दिने सन्देशका हिसाबले नाटक उत्कृष्ट रहेको दर्शकको प्रतिक्रिया छ ।

कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गमाया पराजुली, साहित्यकार सत्यनारायण तायललगायतले नाटक रिफण्ड समयसापेक्ष नाटक भएकाले सबैले हेर्न आवश्यक रहेको सुझाव दिनुभएको छ । नाटकले विद्यार्थीहरुलाई सैद्धान्तिक भन्दा व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने सन्देश दिएको छ ।

मोरङ्गको विराटनगरस्थित नाम्लो नाट्य समूह, झोराहाट नाट्य समूह र क्षितिज नाट्य प्रतिष्ठानको साझेदारीमा झापा नाटक घरमा नाटक रिफण्ड प्रर्दशन भइरहेको हो ।

दैनिक चार वटा सम्म सो मञ्चन भइरहेको क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर परिकल्पनाकार, रंङ्गकर्मी माधव कल्पितले जानकारी दिनुभयो । उहाँले नाटक रिफण्ड विद्यार्थी, शिक्षक तथा अभिभावक सवैले हेर्नुपर्ने भएको बताउँदै झापा नाटक घरमा आएर एकपटक नाटक रिफण्ड हेरिदिन आग्रह गर्नुभयो ।

सुदिपजंग कार्कीले निर्देशन गर्नुभएको नाटक रिफण्डमा सुरज माझी, दीक्षा चौधरी, वन्वो सन्तोष, प्रज्वल भट्टराई, प्रदिप दाहल, विवेक मिश्र र सुदिपजंग कार्कीको अभिनय रहेको छ ।

अहिले दैनिक बिहानको ८ः३०, ११ः३०, दिउँसो २ः३० र अपरान्हको ४ः३० बजे नाटक मञ्चन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय