नेपाल आउँदै क्यानाडाको राष्ट्रिय क्रिकेट टिम

Share :

क्यानाडाको राष्ट्रिय क्रिकेट टिम एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने निश्चित भएको छ । क्यानाडाले नेपालसँग एक दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ ।

क्यानेडेली क्रिकेट टिम जनवरी २८ मा हङ्ककङ्ग जाने र त्यहाँका खेल गतिविधि सकेपछि फेब्रुअरी पहिलो साता नेपाल आउने निश्चित भएको हो । यसअघि नेपाली टोली क्यानाडा गएर खेल खेलेको थियो । क्यानाडाको क्रिकेट टोली भने पहिलो पटक नेपाल आएर खेल्न लागेको हो ।

टिम क्यानाडाले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग फेब्रुअरी १०, १२ र १४ मा काठमाडौंमा तीनवटा एक दिवसीय खेल खेल्नेछ । क्रिकेट एसोसिएसन अफ नेपालले २०२४ को खेल क्यालेण्डरमा दुई देशबीच एक दिवसीय क्रिकेट म्याच हुने घोषणा गरिसकेको छ ।


उक्त क्यालेण्डर प्रकाशनका बेला नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले नेपाल भ्रमणका क्रममा क्यानाडाले १० दिन प्रशिक्षण पनि गर्ने जनाएका थिए । प्रशिक्षणका क्रममा नेपालको ‘ए’ टिमसँग कम्तीमा तीनवटा ५० ओभरको खेल र ट्वान्टी–२० खेल खेल्ने बताएका थिए ।

नेपालसँग तीन एक दिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेलेपछि क्यानाडाले १० दिन मूलपानीमा अभ्यास गर्दै नेपाल ‘ए’ सँग थप खेलहरु खेल्ने जनाइएको छ ।

नेप्लिज क्यानेडियन क्रिकेट क्लबका पूर्वअध्यक्ष तथा एनआरएनए क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठले क्यानाडा र नेपालको मित्रतापूर्ण सम्बन्धको निरन्तरता स्वरूप यो भ्रमण हुन लागेको उल्लेख गरे।

नेपालको राष्ट्रिय टिमले गत वर्ष क्यानाडा भ्रमण गरेर मैत्रीपूर्ण खेल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय