पीएम कप : लुम्बिनी विरुद्ध बागमती प्रदेश ६ विकेटले विजयी

Share :

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको छ ।

लुम्बिनी प्रदेशले दिएको १०७ रनको सामान्य लक्ष्य बागमतीले १७.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।

बागमतीका लागि इशान पाण्डेले ५० रन, कप्तान रित गौतमले २४, आशुतोश घिरैयाले १४, रविन जोशीले ७ र रन बनाए भने १२ रन अतिरिक्त पायो ।


लुम्बिनीका निर्मल गुरुङले २, कृष्ण कार्की र अभिषेक गौतमले एकरएक विकेट लिए ।

यसअघि कीर्तिपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्रै बनाएको थियो ।

यो जितसँगै बागमतीले सबै ९ खेल खेलेर बागमतीले १२ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल प्रहरी क्लबको पनि १२ अंक छ । तर, रनरेटका आधारमा पहिलो स्थानमै कायम छ ।

६ खेलबाट २ अंक जोडेको लुम्बिनी नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय