साहित्यकार तायलको भद्रपुरमा मारवाडी भाषामा एकल कविता वाचन

Share :

भद्रपुर। डाइनामिक ग्रुप नेपालको सातौं वार्षिकोत्सव तथा मारवाडी भाषाका साहित्यकार तथा गीतकार सत्यनारायण तायलको एकल कवता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

झापाको भद्रपुर–६ मा आज एक कार्यक्रमका बीच कार्यक्रम सम्पन्न भएको हो । ग्रुपकी अध्यक्ष खगिन्द्र खुसीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा साहित्यकार तायलले मारवाडी भाषामा कविता वाचन गर्नु भएको थियो । उहाँको कविता समय सापेक्ष एवम् वर्तमान विकृतिमाथि इंगित थियो । कविता सुनेर कार्यक्रममा सहभागी कहिले गम्भीर त कहिले पेच मिचिमिचि हाँसेका थिए ।


कार्यक्रममा विभिन्न कलारकारले गीत, कविता एवम् नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गणेश पोखरेल, उपप्रमुख राधा कार्की, विशेष अतिथि हरिप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा पूर्व प्रदेश मन्त्री ओम सरावगी, पूर्व प्रदेश सभा सदस्य बसन्त बाँनिया, भद्रपुर नगर कला साहित्य, संगित प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल, उद्योग बाणिज्य संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, प्रा. होम सुवेदी, प्रा.डा. गंगाप्रसाद अधिकारी, तायलकी श्रीमती लक्ष्मीदेवी तायल लगायतको आतिथ्य रहेको थियो ।

कविको व्यक्तित्वमाथि साहित्यकार कृष्ण सुवेदी ‘निराकार’ले गर्नुभएको थियो । ग्रुपकी अध्यक्ष खुसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा साहित्यकार देवीचरण भण्डारीले आसन ग्रहण गराउनुभएको थियो भने कार्यक्रम सञ्चालनकलाकार अर्जुन खरेल र चन्द्रमणि पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय