‘जलकन्या धाम’ मा भागवत महापुराण तथा सप्ताह महायज्ञ सुरु

Share :

अर्जुनधारा । बहुधार्मिक आस्थाको केन्द्रबिन्दुका रुपमा रहेको अर्जुनधाराको ‘जलकन्या धाम’मा श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल सप्ताह महायज्ञ सुरु भएको छ ।

अर्जुनधारा–१०को चुथाईस्थित जलकन्या देवी मन्दिरमा आजबाट सुरु भएको महायज्ञको प्रमुख अतिथि सामाजीक तथा धार्मिक व्यक्तित्व झुमा बस्नेतले उद्घाटन गर्नुभएको थियो । मुल आयोजक समितिका संयोजक चन्द्रशेखर दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले महायज्ञका लागि नगद ५० हजार समेत हस्तनान्तरण गर्नभएको थियो । उहाँले महायज्ञको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

महायज्ञ आयोजक समितिका सहसंयोजक कृष्ण प्रसाद चापागाईले स्वागत गर्नुभएको उद्घाटन कार्यक्रममा अर्जुनधारा–१०का वडाअध्यक्ष भुपेन्द्र न्यौपाने, जलकन्य मन्दिर समितिका अध्यक्ष बखतबहादुर कटुवाल लगायतले बोल्नु भएको थियो ।


त्यसअघि कालिस्थान चौक हुँदै अर्जुनधारा जलेश्वरधाम–जयपुर–बुधबारे–चाराआलीको पाउँपाथीभारा मन्दिर लगायतका स्थानहरुको परिक्रमा गर्दै शोभायात्रा गरिएको थियो । महायज्ञको श्री स्वस्थानी ब्रतकथा शुभराम्भको अवसर पारेर कलशयात्रा तथा शोभयात्रा गरेर उद्घाटन गरिएको हो । महायज्ञमा सन्ध्या आरती, ज्ञानमञ्च, भजन कीर्तन, महात्म्य कथा, झाँकी प्रदर्शनसहित दाता सम्मान गरिने बताइएको छ ।

महायज्ञमा आचार्य पण्डित अर्जुन भट्टराई प्रमुख कथा बाचकका रुपमा रहनुभएको छ । संगीतमय कथा वाचकका रुपमा पण्डित रोशन भट्टराई रहनु भएको छ ।

धामलाई सबै धर्मको साँझा केन्द्रको रुपमा स्थापित गर्दै धामका अधुरा योजनाहरु पूरा गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको आयोजक समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिनुभयो । उहाँले महायज्ञबाट संकलित रकमबाट भगवान गौतमबुद्धको प्रतिमा निर्माण, धाम परिसर क्षेत्रको घेराबारा, जलशाय तथा दुर्लभ बृक्षहरुको संरक्षण साथै भौतिक संरचनाको निर्माणलगायतका कार्य गरिने बताउनुभयो । करिव एक विगाहा एक कठ्ठा जग्गा क्षेत्रफलमा फैलिएको धामलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

जलकन्या मन्दिर, गंगेश्वर शिवालय मन्दिर, जलशाय, साथै विश्वमै दुर्लभ मानिएका रुख विरुवाहरु रहेको कारण पनि जलकन्या धामको बिषेश महत्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय