सुरु भयो ‘चारआली सांस्कृतिक महोत्सव २०८०’

Share :

चारआली । झापाको चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव २०८०’ सुरु भएको छ ।

मेचीनगर नगरपालिका १३ स्थित टासी फुन छोग् छोई खोरलिङ्ग गुब्वा चारआलीको मुख्य आयोजना र चारआली जेसीजको सह–आयोजनामा सुरु भएको महोत्सवको आज साँझ एक औपचारीक कार्यक्रमकाबिच प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगाईले उद्घाटन गर्नुभयो ।

टासी फुन छोग् छोई खोरलिङ्ग गुब्वा चारआलीका अध्यक्ष फुर्वा लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई चारआली जेसीजका अध्यक्ष भोजराज पराजुलीले संयोजन गर्नुभएको थियो ।


मेला आयोजनाको उदेश्य प्रस्ट पार्दै आयोजक समितिका सचिव सोनामसिंह तामाङले गुम्बाको स्तर उन्नती र जेसीज भवन निर्माण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो । उद्घाटन कार्यक्रमको संचालन चारआली जेसीजका कार्यकारी उपाध्यक्ष विवेक सुन्दासले गर्नुभएको थियो ।

२४ गते सम्म संचालन हुने सांस्कृतिक महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक विषेश प्रस्तुति रहने बताइएको छ । महोत्सवमा भोलि १२ गते गायक डम्बर नेपालीले प्रस्तुति दिने मेला व्यवस्थापक अनुप भण्डारीले जानकारी दिनुभयो ।

महोत्सव अवधिभरमा गायक गायिकाहरू सविन राई, जोन चामलिङ, प्रिति आले, राजेश पायल राई, अपूर्व तामाङ, सुजन चापागाईँ, ज्योति मगर, अनमोल गुरुङ, भि–टेन, एलिना चौहान, सारेगम लिटल च्याम्प जेसिन डोमा लामाले लगायतले प्रस्तुति दिने आयोजकले बताएको छ ।

त्यसैगरी इलिमेन्ट ब्याण्डको समेत प्रस्तुति रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय