झापामा गाँजा र ब्राउन सुगरसहित चारजना पक्राउ

Share :

झापाको कमलमा लागु औषध गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कमल गाउँपालिका ७ का २५ वर्षीय सुरज लिम्बु, सोही ठाउँका ४० वर्षीय किवी माया धिमाल, २१ वर्षीय गणेश दर्जी र गौरादह नगरपालिका १ का २४ वर्षीय विशाल मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कमल ७ धिमाल डाँडा स्थित एक होटेलमा लागु औषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागु औषधसहित पक्राउ गरेको हो ।


प्रहरीले उनीहरूको साथबाट २५० ग्राम गाँजा र ४ ग्राम ब्राउन सुगर फेला पारेको थियो । लागु औषध सहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमक राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय