ठेक्का लागेर अलपत्र बनेको ७ बर्षपछि गरुवाचौक-सुखानी सडकमा कालोपत्रे निर्माण

Share :

अर्जुनधारा । ठेक्का लागेर अलपत्र बनेको झापा अर्जुनधारा–३ स्थित गरुवाचौक–सुखानी सडक खण्डमा कालोपत्रे निर्माण सम्पन्न भएको छ ।

यो सडक करिब ७ बर्षअघि ठेक्का लागेको थियो । संघिय सरकार अन्तर्गत ठेक्का लागेको भनिए पनि सडक निर्माण भने हुन सकेको थिएन् । सडक निर्माणको ठेक्का पाएको द कञ्चनजंगा शेर्पा कञ्चनजंगा जेभीले ग्राभेल गर्ने काम गरेर अलपत्र पारेको सडकमा अहिले कालोपत्रे निर्माण सम्पन्न भएको हो ।

गरुवाचौक पश्चिम सुब्बा पैनी मुहानदेखि सुखानी खोला सम्म ११ सय मिटर कालोपत्रे निर्माण गर्ने कार्य सम्पन्न भएको अर्जुनधारा नगरपलिका वडा नम्बर ३ का वडाअध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो ।


संघिय सरकारले प्रदेश सरकारलाई यो सडकको योजना हस्तनान्तरण गरेको थियो । तरपनि सडक निर्माणले गति लिन सकेको थिए । बजेट शुनिश्चता नहुँदा काम गर्न नसक्ने भन्दै ठेकेदार पन्छीएपछि सडक निर्माण लामो समयदेखि अलपत्र परेको थियो । वडाअध्यक्ष भट्टराईले अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ सहितको पहलमा सडक निर्माणको लागि पटक–पटक ताकेता गरिएको बताउनुभयो ।

केहि दिन अघि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले उक्त सडकको अवलोक गरेर बजेट शुनिश्चताको प्रतिबद्धता जनाएपछि हाल ठेकेदारले काम सम्पन्न गरेको भट्टराईले बताउनुभयो ।

यो सडक झापाको बिर्तामोड–शनिश्चरे–खुदुनाबारी हुँदै इलाम जोड्ने मुख्य सडक खण्ड हो । कच्चि सडकका कारण दैनिक जसो धुलो र हिलोको असर स्थानीयले खेप्नु परेको थियो । सडक कालोपत्रे निर्माण भएपछि स्थानीय बासी समेत हर्षीत भएका छन् ।

शुखानी सहिदहरुको सहादत स्थाल जान समेत यहि सडक मार्गको प्रयोग हुने गरेको छ । हाल कालोपत्रे भएको सडक गरुवाचौक हुँदै सुखानी खोला पुगेपछि मदन भण्डारी राजमार्गमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय