शनिश्चरे–खुदुनाबारी सडक अन्तर्गत अलपत्र परेको खण्डमा बल्ल बन्यो कालोपत्रे

Share :

अर्जुनधारा । निर्माण सम्पन्न नभई ठेकेदार कम्पनी काम नगरी फरार भएपछि अलपत्र बनेको शनिश्चरे–खुदुनाबारी सडक खण्ड अन्तर्गतको निर्माण गर्न बाँकी रहेको खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

सो सडक खण्ड अन्तर्गत नारायण चौक उत्तर याना पेट्रोल पम्प नजिकै २ सय ५० मिटर सडक कालोपत्रे नगरी अलपत्र पारेर ठेकेदारले लामो समय अघि काम छाडेको थियो ।

सोहि स्थानमा आज कालोपत्रे गर्ने कार्य सम्पन्न भएको अर्जुनधारा वडा नम्बर ३ का वडाअध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो ।


वडाअध्यक्ष भट्टराईका अनुसार मंगलबार साँझ करिब ७ बजे उक्त सडक खण्डमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो । कालोपत्रेसंगै सडकका अन्य भागमा रहेको खाल्डा-खुल्डी समेत पुरीएको उहाँले बताउनुभयो ।

पुरानै ठेकदार कम्पनी द कञ्चनजंगा शेर्पा कञ्चनजंगा जेभीले सडकमा कालोपत्रे गरेको हो । सडक अलपत्र पारेर हिडेपछि पटकपटक ताकेता गर्दा समेत उक्त खण्डमा काम भएको थिएन् । अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन सहितका जनप्रतिनिधिहरुको बारम्बारको पहलमा हाल कालोपत्रे गर्ने कार्य सम्पन्न भएको भट्टराईले बताउनुभयो ।

निर्माण स्थलमा मेयर गोम्देन, वडाअध्यक्ष भट्टराई, अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा सहितका जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु र नगर प्रहरीहरु गुणस्तरीयता मापन र कामको निगरानीका निमित्त खटिएका थिए ।

ठेकेदार कम्पनीले उक्त खण्डमा करिब एक महिना अगाडी प्राईमकोड लगाएर छाडेको थियो । प्राईमकोड लागाएर सडक बन्द भएपछि समेत धेरै दिन सम्म काम नगर्दा सवारीसाधन र यात्रुहरुले घुमाउरो बाटोको प्रयोग गर्नु परेको थियो । बजेट शुनिश्चता नहुँदा काम गर्न नसकिने भन्दै ठेकेदारले लामो समयदेखि काम गर्न आलटाल गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय