अर्जुनधाराका मेयर गोम्देन कोरिया भ्रमण जाँदै

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ दक्षिण कोरिया भ्रमण जाँदै हुनुहुन्छ । वैज्ञानीक कृषि प्रणाली सम्बन्धि छलफलका लागि मेयर गोम्देन कोरिया जानुहुने भएको हो ।

कृषि क्षेत्रबाटै कोरिया संसारकै सम्पन्न राष्ट्र भएकाले त्यहाँको अनुभव, कृषि पद्धती, खेती गर्ने विधि र प्रयोग हुने औजार बारे बुझ्न र भगिनी सम्बन्ध स्थापनाका लागि माघ १४ गते कोरिया जान लाग्नुभएको नगरप्रमुखका प्रेस संयोजक आकाश खतिवडाले जानकारी दिनुभयो ।

कोरिया भ्रमणकै क्रममा अर्जुनधाराबाट रोजगारको सिलसिलामा कोरिया पुगेका युवाहरुसँग प्रमुख गोम्देनले भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


नगरलाई कृषिमा आत्मानिर्भर बनाउँदै समृद्ध बनाउने रणनीति, कोरियामा स्थानीय सरकारले गरिरहेको काम लगायतका विषयमा भ्रमण केन्द्रीत हुने बताइएको छ ।

नगर प्रमुख गोम्देनसँगै प्रेस संयोजक खतिवडा र प्रतिनिधि सभाका सभामुखका स्वकीय सल्लाहकार केशवराज ढुंगेल कोरिया जाने तय भएको छ । अर्जुनधारा कृषिको उर्भर थलो भएकाले पनि आधुनिक कृषि पद्धती अपनाएर अगाडि बढ्नका लागि नगर प्रमुखको कोरिया भ्रमण फलदायी हुने अनुमान रहेको छ ।

भ्रमण माघ १४ देखि २५ गतेसम्म रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय