शैक्षिक सामग्रीको अबैध बिक्री नियमन गर्न झापाका पालिकाहरुमा ज्ञापन-पत्र

Share :

विर्तामोड । विद्यालय एउटा सेवामूलक संस्था हो । विद्यालयमा नियमित रूपमा पठनपाठन सञ्चालन गरी विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग गर्नु सबै विद्यालयको प्रमुख कर्तव्य र दायित्व हो । तर, यी र यस्ता दायित्वलाई भुलेर विद्यालय हाताबाट कानुनको उन्लङघन गर्दै शैक्षिक सामग्रीको खुलेआम बिक्री बितरण भईरहेको छ ।

विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नहुने कानुनी व्यवस्था छ । सो व्यवस्था अन्तर्गत शिक्षा नियमावली २०५९ को नियम ३७ मा प्रष्ट भनिएको छ, ‘विद्यालय हातामा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न पाइन्न ।’तर, झापाका कतिपय विद्यालयहरुले व्यावसायिक रुपमा विद्यालय हाताबाट शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण भइरहेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाका अध्यक्ष विनोद सापकोटाले बताए । उनले जिल्लाका ६ वटा स्थानिय तहका प्रमुख, शिक्षा अधिकारी लगायतलाई आईतबार ज्ञापन पत्र बुझाउँदै भने, ‘यस्तो अबैध बिक्री बितरणको नियमन गर्ने निकाय तीन तहको सरकामा स्थानिय सरकार पनि हो । अब नियमन हुनु पर्यो ।’


संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित) परिच्छेद ४.४को ७ मा विद्यालयहरू आफैंले पाठ्यपुस्तक तथा स्टेसनरी बिक्री वितरण गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोसाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था छ । यति हुँदाहुँदै पनि झापाका संस्थागत विद्यालयमा खुलेआम शैक्षिक सामग्रीको बिक्री वितरण भइरहेको अध्यक्ष सापकोटाले आरोप लगाए ।
बिद्यालयमा नियमित अनुगमन र नियमन हुन नसक्दा यस्ता कानुन विपरीतका गतिविधि विद्यालय हातामा भइरहनु दुःखदायी विषय भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाले जनाएको छ ।


विद्यालय हाताभित्र शैक्षिक सामग्री नेपाल सरकारले उपलब्ध गराउने जनक शिक्षा सामग्री केन्द्र बाहेकका ( जस्तै ः निजी प्रकाशनका पाठ्यपुस्तक, पेन्सिल, कापी, इरेजर, साफनर, कटर, प्रश्नोत्तर, म्यानुअल।, चक, डस्टर, मार्कर, मसी, उत्तरपुस्तिका, लगायतका वस्तुको खरिद बिक्री नगर्न नगराउनका लागि आफ्ना पालिकाका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई परिपत्र गरिदिन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंङघ झापाले माग गरेको छ । ‘पालिकाका सबै विद्यालयलाई परिपत्र गरी त्यसको प्रत्यक्ष अनुगमन र नियमन गरिदिनुहुन समेत माग गर्दर्छौ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै गौरिगञ्ज गाँउपालिकाकी प्रमुख पूmलवती राजबंशीले व्यवसायीका माग जायज भएको बताईन् । उनले गौरिगञ्ज गाँउपालिका भित्र कुनै पनि विद्यालयले विद्यार्थी तथा अभिभावकहरूलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेसनरी तथा पोशाक खरिद गर्न बाध्य पारिए कार्वाही गरिने बताईन् । उनले विद्यालय प्रसाशन, शिक्षक लगायत कर्मचारीले विद्यालय हातामा शैक्षिक सामाग्रीको बिक्री बितरण नगर्न पालिकाका विद्यालयलाई अनुरोध गरिन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले विद्यालयलाई परिपत्र गरि त्यसको अनुगमन गरिने बताए । उनले व्यवसायीको गुनासो जायज भएको पनि बताए ।

व्यवसायीले कमल गाँउपालिकाका शिक्षा अधिकारी शुर्य प्रसाद न्यौपाने, दमकका प्रमुख प्रशासकिय अधिकृत गणेश कार्की, गौरादहका शिक्षा अधिकारी विदुरु आचार्य, शिवसताक्षीका शिक्षा अधिकारी छवि ढकाल र कनकाई नगरका शिक्षा साखाका अधिकृत मेदनी प्रसाद पाठकलाई ज्ञापन पत्र बुझाएका थिए । उनिहरुले पालिकाले विद्यालयलाई पाठ्यपुस्तकको बिक्री बितरण व्यवसायीले नै गर्ने भन्दै विद्यालयहाताबाट पाठय सामग्रीको बिक्री बितरण नगर्न विद्यालयलाई परिपत्र गरिने बताए ।

व्यवसायीले विद्यालयहातामा शैक्षिक सामग्रीको बिक्री बितरण गरेको अनुगमनका क्रममा पाइएमा ति शैक्षिक सामाग्रीको जफत गर्नपनि माग गरेका छन् । ज्ञापन पत्र बुझाउन महासंङघका सचिव चन्द्रमणि घिमिरे, ५ नम्बर इकाई प्रमुख मनकुमार चौलागाईँ, जिल्ला सदस्य रोषन श्रेष्ठ, ५ नम्बर इकाई सचिव खेमराज श्रेष्ठ, सदस्य सोमप्रसाद अधिकारी, रुपक श्रेष्ठ लगायतको सहभागिता थियो ।

बाँकी रहेका पालिकामा सोमबार ज्ञापन पत्र बुझाउने महासङघको कार्यक्रम छ ।व्यवसायीले जिल्ला प्रसाशन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, १५ वटै पालिकाका प्रशासन शाखा, प्याव्सन झापा, एन प्याव्सन झापामा ज्ञापन पत्रको बोधार्थ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय