छाला र सौन्दर्य सम्बन्धि सम्पूर्ण उपचारका लागि बिर्तामोडमा आरआर पोलिक्लिनिक सञ्चालनमा

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा आरआर पोलिक्लिनिक तथा लुक एट मी स्किन हेयर एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ । युवा व्यवसायी महेन्द्रबहदुर राईले दुई करोड रुपैयाँको लगानीमा बिर्तामोड–४ स्थित भद्रपुर रोडमा आरआर पोलिक्लिनिक तथा लुक एट मी स्किन हेयर एस्थेटिक क्लिनिक सञ्चालनमा ल्याउनुभएको हो ।

क्लिनिकको आज एक कार्यक्रमकाबिच वरिरष्ठ स्कीन, हेयर तथा लेजर स्पेसलिष्ट हेयर ट्रान्सप्लान्ट सर्जन डा.मोहन भुसालले उद्घाटन गर्नुभयो । क्लिनिकको उद्घाटन गर्दै डा.भुसालले आरआर पोलिक्लिनिक काठमाडौं बाहिर उच्च गुणस्तरीय प्रविधिसहितको सेवा प्रदान गर्ने पहिलो क्लिनिक रहेको बताउनुभयो । उहाँले क्लिनिक संचालनले आफूले झापामा समेत सेवा दिने पाउने भएकोमा खुशी व्यक्त गर्नुभयो ।


छाला तथा सौन्दर्य सम्बन्धी उपचारका लागी काठमाडौंसम्म सेवाग्राही गइरहेको अवस्थामा बिर्तामोडमा आरआर पोलिक्लिनिक सञ्चालनमा आएसंगै उक्त वाध्यता हटेर जाने डा.भुसालले बताउनुभयो । क्लिनिकमा शरीरमा हुने दुबी, डावर, पुरानो दाद, शरीर चिलाउने, छाला फुस्रो हुने, कपाल खस्ने, तालु खुइलिने, यौन रोग तथा कुष्ठ रोगको समस्या, डन्डिफोर, अनुहारको चाँयापोतो, बालबालिका र नवजात शिशुको छाला सम्बन्धीलगायत सबै समस्याको उपचार साथै सल्लाह सुझाव प्रदान गरिने बताइएको छ ।

उद्घाटन कार्यक्रममा संचालक महेन्द्रबहदुर राईले छाला सम्बन्धिको रोगको निराकरण गर्दे मानिसको सौन्दर्य पनलाई जोगाउ र बढाउन स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य उदेश्यले बिर्तामोडमा क्लिनिक संचालनमा ल्याइएको बताउनुभयो ।

नयाँ प्रविधिको प्रयोगबाट कपाल रोप्ने र ट्याटु हटाउने लगायत कार्य समेत गरिने क्लिनिककी म्यानेजिङ डाइरेक्टर मनिता राइले बताउनुभयो । दैनिक प्याथोलोजी ल्याब सेवा, फार्मेसी सेवा साथै छाला सम्बन्धी विशिष्टीकृत सेवाहरुलाई समय अनुसार अगाडि बढाउँदै लगिने व्यवस्थापन पक्षले जानकारी दिएको छ ।

कार्यक्रममा वरिष्ठ छाला रोग विशेषज्ञ डा. डा. रोहित पन्जीयार, बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूहकी अध्यक्ष तिलोत्तमा खत्री लगायतले शुभकामना मन्तव्य राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिनुभएको थियो ।

सागर रिजालले संचालन गर्नुभएको उद्घाटन कार्यक्रममा क्लिनिककी कर्मचारी रेणुका श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय