तिलक योञ्जन, पोखरा । माछापुच्छ्रे हिमाल मध्य नेपालमा अवस्थित छ । यसलाई पर्यटकीय नगरी पोखराको विभिन्न स्थानबाट सजिलै नियाल्न सकिन्छ ।

यो मनमोहक शिखर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ ।

यो हिमालको उचाई ६,९९३ मीटर रहेको छ ।

यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्दछन् ।

यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन ।

माछाको पुच्छर जस्तो हुनाले नै यो हिमालको नाम माछापुच्छ्रे रहेको हो ।

माछापुच्छ्रे बेसक्याम्प पुगेर यसको आनन्द लिन विश्वका विभिन्न स्थानका पर्यटक आउँने गर्दछन् ।