बिर्तामोडमा भव्य रुपमा मनाइयो ‘तमु ल्होसार’, तस्बिरहरु

Share :

बिर्तामोड । झापाली गुरुङ समुदायले बिर्तामोडमा ‘तमु ल्होसार’ पर्व भव्य रुपमा मनाएका छन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद नगर इकाई समितिको आयोजनामा बिर्तामोड–१० मा ‘तमु ल्होसार’ मनाइएको हो ।

तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद विर्तामोड नगर इकाई समितिका अध्यक्ष सल बहादुर गुरुङले अध्यक्षता विर्तामोड–१० सैनिक स्थित धर्म चक्र बैद्ध गुम्बा परिसरमा आयोजित समारोहको कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईले उद्घाटन गर्नुभएको थियो ।


हरेक पुस महिनाको १५ गते गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

ह्युई ल्होलाई बिदाई गर्दै मुप्री ल्होको स्वागत गर्दै यो बर्ष तमु ल्होसार मनाईएको हो । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

पर्वको अवसरमा विभिन्न सांस्कृतीक कार्यक्रम सहित मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरु भएको थियो । खेलकुद कार्यक्रम अन्तर्गत खेलाइएको म्युजिकल चियर खेलमा सरस्वती गुरुङ विजयी हुनुभएको थियो । छेलो हान्नेमा याम गुरुङ र डोरी तान्नेमा याम गुरुङको समूहले विजयी हासील गरेको थियो । उनिहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न स्थानका कलाकारहरुले गुरुङ संस्कृती झल्कने प्रदर्शन गरेका थिए । पर्वको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको संयोजक राम बहादुर गुरुङ र खेलकुद कार्यक्रमको संयोजक शेर बहादुर पज्यू गुरुङ रहनुभएको थियो ।

कार्यक्रममा तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका पूर्व केन्द्रीय सदस्य तथा मेची आँखा अस्पताल बिर्तामोडका अध्यक्ष जल कुमार गुरुङ, परिषदका पूर्व झापा जिल्ला अध्यक्ष आनन्द गुरुङ, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड–१०का वडाअध्यक्ष दुर्यधन गुरुङ, बिर्तामोड–६का वडाअध्यक्ष सूर्य कन्दङवा, नेकपा एमाले वितामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विर्तामोड वडा नम्बर ३ मा निर्माणधिन तमु संग्राहलय भवनका लागि आर्थिक सहयोग प्रदान गर्नेे दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन परिषदका नगर सचिव लिला गुरुङ र के.वी. गुरुङले गर्नुभएको थियो । कार्यक्रममा विर्तामोड नगर सहित झापाका विभिन्न स्थानका गुरुङ समुदायको बाक्लो उपस्थिती रहेको थियो ।

थप तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय