बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

Share :

झापा । बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सन्चालन गरेको शिबिरमा नगरक्षेत्रभरीबाट संकलन गरेर ल्याएका कुकुरहरुको बन्ध्याकरण गरेको हो ।

बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यस अघि नै २ हजार १ सय भन्दा बढी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरीसकेको छ ।

सामुदायिक कुकुरको संख्या बढेसंगै कुकुरबाट सर्ने रेबिज लगायतका रोगहरुको जोखिम पनि बढ्दै गएपछि यसको प्रजनन्दर रोक्नका लागि कुकुर बन्ध्याकरण शिविरको आयोजना गरीएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । कुकुरलाई बन्ध्याकरणसंगै रेबिज विरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचारसमेत गरीएको छ ।


शिबिर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउने संस्था हाम्रो भेटेरिनरी सेवा सहकारी र डाक्टर सिजन शैंजुलाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाले सहकारीका अध्यक्ष डाक्टर दिलिप सापकोटा र डाक्टर सैँजुलाई प्रशंसा पत्र प्रदान गर्नु भयो । शिविरमा खटिएको प्राविधिक टिमलाईसमेत खादा लगाएर सम्मान गरिएको छ ।

नगरपालिकाले पशुपंछि तथा मत्स्य विकास शाखा मार्फत हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरणको लागि बजेट छुट्याउँदै आएको छ । शिविर समापन कार्यक्रममा कार्यपालिका सदस्य निर्मला देवी सुनार, नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, अधिकृत मेघराज बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय