झापाबाट प्रकाशन हुने पूर्वी जर्गन पत्रिका सार्वजनिक

Share :

बिर्तामोड । पूर्वी गर्जन मिडिया प्रा.लि.द्वारा प्रकाशित पूर्वी जर्गन पत्रिका सार्वजनिक गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच पत्रिकाको विमोचन भएको हो ।

राजनीति विषय बस्तुलाई प्राथमिकता दिएर प्रकाशन सुरु भएको पूर्वी जर्गन पत्रिकाको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपाने, नेकपा माओवादी झापा इन्चार्ज अग्नि आचार्यलगायतले विमोचन गर्नुभएको थियो ।

पूर्वमा विप्लवको गर्जन, जनयुद्धलाई अपराधिकरण गर्न खोजे अर्को जनयुद्ध हुन्छ भन्ने शीर्षक रहेको आवरण पृष्ठ रहेको पत्रिकाको पहिलो अङ्कमा हामी धेरैपछि आयौं, नेपाली समाज र सी जातिको बहस, सङ्घर्षको यात्रा, माओवादीहरूको आन्दोलन, समस्या, समाजवादी दिशामा एकीकृत, स्वतन्त्रताको मूर्ति, इजरायल–प्यालेस्टाइन युद्धको, इलाम कम्युनिस्ट पार्टीको इतिहास, क्रान्तिको योद्धा लगायतका विषयहरू समेटिएको छ ।


पत्रीकाको सुमनसिंह निर्देशक, प्रकाश डुम्रे प्रधान सम्पादक, प्रविण अधिकारी सम्पादक, सञ्जय सी प्रबन्ध सम्पादक, हुकुम सी व्यवस्थापक रहनुभएको छ । 

पत्रिका विमोचन कार्यक्रममा प्रमुख अतिथि अनिल विरही सी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष मोहनकाजी न्यौपाने, प्रदेश सदस्य लिलाराज झापाली, नेकपा माओवादी झापाका इन्चार्ज राजु आचार्य (अग्नी) लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय