टिकटकमाथिको प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनवाइ

Share :

काठमाडौ । नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबारदेखि सुनवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमाथि आजबाट सुनुवाइ हुने भएको हो ।

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन अर्थात् मंसिर १ गते सर्वोच्च अदालतमा थुप्रै रिट निवेदन परेका थिए । सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठी लगायतले उक्त निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

नेपालमा टिकटक प्रयोगकर्ताको आधिकारिक तथ्यांक नभएपनि आर्टिफिसियल इन्टेलीजेन्स ए.आई.का अनुसार २२ लाखभन्दा बढी नेपालीले आफ्नो मोबाइलमा टिकटक एप डाउनलोड गरेका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय