टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकको अटेरी

Share :

सरकारले गरेको टिकटक बन्द गर्ने निर्णयमा इन्टरनेट सेवा प्रदायक कम्पनीले नै अटेर गरेका छन्। टिकटक हालसम्म पनि बन्द नभएपछि दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाहीको धम्की दिएको छ।

प्राधिकरणले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भए पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल बन्द गर्न चेतावनी दिएको हो।

प्राधिकरणले तत्काल सेवा प्रदायकले टिकटक बन्द नगराए दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ।


दूरसञ्चार ऐन, २०५३ को दफा ४७ मा प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँसम्म जरिबानासमेत गर्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय