आज रातिदेखि दर्ता नभएका मोबाइल नचल्ने

Share :

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार (आज) रातिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याउँदै छ । एमडीएमएस लागू भएपछि अवैध रुपमा भित्र्याईका र दर्ता नगरिएका महँगा मोबाइल फोनहरुमा सेवा अवरुद्ध हुने छ ।

कात्तिक २० गते रातिदेखि अवैध रुपमा ल्याइएका केही महँगा र टेक्नोलोजीका मोबाइलमा सेवा बन्द गरेर एमडीएमएस कार्यान्वयन गरिने छ । एमडीएमएसमा दर्ता नगरि चलाइएका त्यस्ता झण्डै ८ सय देखि १ हजार वटा सेटमा सेवा बन्द हुने छ । ती मोबाइल फोनहरुमा भ्वाइस, डेटा र इन्टरनेट सेवा रोकिने छ भने बिस्तारै दर्ता नगरी चलाइएका अन्य मोबाइलमा पनि सेवा अवरुद्ध गरिने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभएको छ ।

प्राधिकरणले आइफोन र एक लाखमाथिका मोबाइल सेट दर्ताका लागि १० हजार, एक लाख भन्दा सस्तो मूल्यका स्मार्टफोनका लागि ३ हजार र अन्य मोबाइलका लागि २ सय रुपैयाँ दर्ता शुल्क तोको छ । उक्त शुल्क तिरेर एमडीएमएसमा आईएमईआई नम्बर दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । विदेशबाट आउनेहरुले लुकाएरका ल्याएका मोबाइललाइ ग्रे लिस्टमा राख्ने गरिएको छ । प्राधिकरणको तथ्यांक अनुसार झण्डै ६० लाख मोबाइल दर्ता हुन बाँकी रहेको छ ।


२०७९ साल भाद्रदेखि प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्ने निर्णय गरेको थियो । त्यसपछि हालसम्ममा ९० हजार थान मोबाइल एमडिएमएस प्रणालिमा दर्ता भैसकेको पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय