बिर्तामोडको होटलमा प्रहरीको छापा, ब्राउन सुगरसहित महिला पुरुष पक्राउ

बिर्तामोड । बिर्तामोडको होटलमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो ४ः३० बजेको समयमा बिर्तामोड ५ स्थित त्रिवेणी होटल एण्ड लजमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

होटल धनीलाई खानतलासी पुर्जीसमेत दिई खानतलासी गर्दा होटल लजको कोठा नं १ भित्र बिर्तामोड ४ घर बताउने अन्दाजी २१ वर्षीय उत्तम दर्जी र ईलाम सूर्योदय नगरपालिका वडा नं २ घर बताउने अन्दाजी २० वर्षीया सन्ध्या विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु बसेको कोठाको बेडमा १ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर र नगद ५ हजार ५ सय रुपैयाँ फेला परेको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
10
+1
0
+1
0
+1
4
+1
1
340
सम्बन्धित

लोकप्रिय

लोकप्रिय