भारतको दिल्लीमा यो बर्षकै भीषण बर्षा

Share :

एजेन्सी । भारतको नयाँ दिल्लीमा यो बर्षकै भीषण बर्षा भएको छ ।

मौसम विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा १ सय ५३ मिलिमिटर बर्षा भएको छ ।

बर्षाले देशमा बिनाश निम्तन सक्ने भन्दै सचेत रहनका लागि सरकारी कर्मचारीहरुलाई आइतबारको बिदा समेत रद्द गरिएको छ ।


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बर्षाबाट हुनसक्ने क्षतिको न्युनिकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिंदै आइतबारको बिदा रद्द गरिएको जानकारी दिनुभयो ।

साथै उहाँले मन्त्री र दिल्लीका मेयरलाइ बर्षा प्रभावित क्षेत्रहरुको भ्रमण गर्न समेत निर्देशन दिनुभएको छ ।

बर्षाका कारण सयौं घर जलमग्न भएका छन् । बर्षा प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । दिल्लीमा हालै भएको बर्षा सन् १९८२ को जुलाई यताकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय