काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघरमा पुगेर मिटरब्याज पीडितहरूसँग भेटवार्ता गर्नुभएको छ ।
आइतबार अपराह्न माइतीघरस्थित धर्नास्थल पुगेर मन्त्री श्रेष्ठले पीडितहरूलाई भेट्नुभएको हो।
भेटमा उहाँले मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको बताउनुभएको थियो ।
माइतीघरमा १९ दिनदेखि मिटरब्याज पीडितहरूले लगातार धर्ना दिइरहेकाछन् ।